काठमाडौं । भरतपुर महानगरपालिकामा सत्तागठबन्धनबाट संयुक्त उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका रेनु दाहालले अग्रता लिएका छन् ।

१५ हजार १३१ मत गनिसक्दा रेनुले १० मतको अग्रता लिएका छन् । रेनुले ५ हजार ६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५ हजार ६६ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २४१६ मत ल्याएका छन् ।
उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी ६ हजार ८३ मतसहित अग्रस्थानमा छन् भने राप्रपाकी हिमला गुरुङले ४ हजार ६९ मत पाएकी छन् ।














