Logo
Logo

सशस्त्र प्रहरीमा अनौठो गतिविधि



काठमाडौं । सशस्त्र प्रहरीमा नेतृत्वसँगै नीति पनि फेर्ने अनौठो संस्कार बनेको छ, जसले संगठनलाई अस्तव्यस्त बनाएको छ । कतिसम्म भने एउटा आइजिपीले गरेको राम्रो काम अर्काे आइजिपीले रोक्नेसम्मका गतिविधि हुने गरेका छन् ।

यसअघि सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा क्यान्सर स्क्रिनिङ सेन्टरको स्थापना गरेका थिए । सशस्त्र प्रहरी महिला संघसँगको सहकार्यमा यस्तो सेन्टर स्थापना भएको थियो । जसबाट महिला कर्मचारीहरुले सर्वसुलभ रुपमा परीक्षणको अवसर पाएका थिए ।

तर, खनालको अवकाशपछि अस्पताल प्रमुख डिआइजी डा रुपक महर्जन सो सेन्टर बन्द गराउनतर्फ लागेका छन् । जसमा डा.मिना कुँवर लगायत लागेका छन् । यस्तो अनौठो कार्यशैली देखेर सशस्त्र प्रहरी कर्मचारीहरु नै दिक्क भएका छन् ।

सशस्त्रमा १९ दिन आइजिपी भएका पुष्पराम केसीले पनि खनालका राम्रा केही निर्णयलाई उल्टाउन गृह मन्त्रालयका प्रस्ताव गरेका थिए । तर, त्यो सफल हुन सकेन । कतिसम्म भने सशस्त्रको संगठन संरचना नै हेरफेर गर्न लागिएको थियो ।

चार वर्षका लागि नियुक्त भएका राजु अर्यालले भने संगठनलाई कसरी अघि बढाउँछन् हेर्न बाँकी छ । दज्र्यान्ही चिन्ह लगाएपछि गृह मन्त्रालयमा बोल्ने क्रममा भने उनले संगठनको प्रष्ट मार्गचित्र पेश गरेका थिए । त्यो कार्यान्वायन गर्न सकेमा उनी संगठनका सफल आइजिपी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्