Logo
Logo

कोरियाको फेन्थेकमा ‘ए मेरो हजुर-३’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ असार । नेपाली फिल्म ‘ए मेरो हजुर-३’ दक्षिण कोरियाको फेन्थेक सहरको सिटीहलस्थित साँस्कृतिक हलमा प्रदर्शन हुने भएको छ ।
फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली समितिका अध्यक्ष लक्ष्मण पौडेलका अनुसार यही आउँदो २१ जुलाईमा ‘ए मेरो हजुर-३’ फेन्थेकमा प्रदर्शन हुने भएको छ । यो फिल्म महिला आवास गृहको सहयोगार्थ च्यारिटी गर्न लागिएको उनले बताए ।
सुपरहिट फिल्म ‘ए मेरो हजुर’को सिक्वेल हो यो । अभिनेत्री झरना थापाद्वारा निर्देशित ‘ए मेरो हजुर–३’लाई पनि दर्शकले रुचाएका थिए । यो फिल्म नेपाललगायत विभिन्न देशहरुमा सफल प्रदर्शन भएको थियो । यो फिल्म कोरियाको विभिन्न सहरमा प्रदर्शन भइसकेको छ, जहाँ दर्शकले अत्यधिक रुचाएको थियो । यसैबेला फेन्थेकमा पनि यो फिल्म रिलिज गर्न लागिएको हो ।
फिल्म ‘ए मेरो हजुर–३’मा अनमोल केसी, सुहाना थापा, अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाललगायत कलाकारको अभिनय रहेको छ । यसै फिल्मबाट अभिनेत्री तथा निर्देशक झरनाकी छोरी सुहानाले डेब्यु गरेकी हुन् । आफ्नो डेब्यु फिल्ममै अनमोल केसीसँग स्क्रिन सेयर गर्ने अवसर पाएकी सुहानालाई फिल्ममा रुचाइएको छ ।

प्रतिक्रिया दिनुहोस्