Logo
Logo

पूर्वआइजीपी श्रेष्ठको कुराले मख्ख विद्यार्थी


- दृष्टि न्युज/संवाददाता


काठमाडौ, २२ असार । ‘नक्षत्रसँग एकपल’ कार्यक्रमको दोस्रो शृखलामा सशस्त्र प्रहरी बलका पूर्वआइजीपी शैलेन्द्र श्रेष्ठसँग अन्तरक्रिया गरिएको छ ।
प्रत्येक साता डिफेन्स करिअर एकेडेमी नेपालको आयोजना हुने उक्त कार्यक्रम शनिबार डिक्यानको थापाथलीस्थित जेसिस भवनको सभाहलमा आयोजित कार्यक्रम प्रमुख अतिथिका रुपमा थिए पूर्वआइजीपी शैलेन्द्र श्रेष्ठ । जब श्रेष्ठ हलमा प्रवेश गरे, तब विद्यार्थीहरुमा उत्सुकता जाग्यो । उनको सरल र शालिन व्यक्तित्व देख्दा सबै विद्यार्थी मन्त्रमुग्घ भए । उनले सबैलाई इंगित गर्दै भने, ‘बाबु नानीहरू दुःख नगरिकन केही हुँदैन, जीवन भनेको चुनौती हो, आफ्नो कमजोरीलाई परिवर्तन गर्दै अगाडि बढ्नुपर्छ, आफूले आफूलाई चिन्नुपर्छ, असहज परस्थितिलाई सामान गर्दै अघि बढ्न सक्नुपर्छ, सच्चा व्यक्तिको राष्ट्रको निम्ति खाँचो छ ।’
दुई सत्रमा विभाजित कार्यक्रममा पहिलो सत्रमा पूर्वआइजीपी श्रेष्ठले प्रेरणात्मक भनाइ प्रस्तुत गरिएको थियो भने दोस्रो सत्रमा विद्यार्थीले बाल्यकालदेखि सैन्यजीवन र हाल अवकाश भई सामाजिक गतिविधि कार्य गर्दासम्मका तितामिठा अनुभवहरूसँग सम्बन्धित रोचक प्रश्नहरू गरेका थिए । सोही क्रममा पूर्वआइजीपी श्रेष्ठले आफूले २० वर्ष सेनामा र १० वर्ष सशस्त्र प्रहरी बलमा सेवा गर्न पाएको सुनाए ।
विद्यार्थीहरूलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ समाजमा विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पु¥याइसकेका व्यक्तित्वमार्फत विद्यार्थीहरूलाई उत्प्रेरित गर्न सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रमको सुभारम्भ गरिएको डिक्यानका प्रमुख कार्यकारी अधिकृत एवं कार्यक्रम संयोजक डा. राजेन्द्र केसीले बताए ।
डिफेन्स करिअर एकेडेमी नेपाल नेपाली सेना, अधिकृत क्याडेट, नेपाल प्रहरी ः इन्सपेक्टर, असई., जवान, सशस्त्र प्रहरी बल ः इन्सपेक्टर, असई, जवान र राष्ट्रिय अनुसन्धान विभाग ः अनुसन्धान अधिकृत, सहायक, सूचक र सबै संस्थाहरूको स्टाफ कलेज इन्ट्रान्स प्रिपिरेशन कोर्स (नेपाल आर्मी र सशस्त्र), प्रि–स्याट÷स्याट (नेपाल प्रहरी र सशक्त प्रहरी)लगायतको प्रशिक्षण दिने सेवा प्रदायक संस्था हो । यसले चारवटै सुरक्षा निकायबाट गरी १० हजारभन्दा बढी सफल प्रशिक्षार्थी तयार गरिसकेको छ । हाल उनीहरू चारैवटा सुरक्षा निकायमा संलग्न भई देशको सेवा गरिरहेका डिक्यानका व्यस्थापन प्रमुख एसपी गोविन्द पौडेल बताए ।

प्रतिक्रिया दिनुहोस्