Logo
Logo

सिराहामा बुबा-छोराको हत्या


2k
Shares

सिराहाको अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरस्थित घरमा आइतबार बिहान करिब ३ बजे बुबा–छोराको हत्या भएको छ ।

६० वर्षीय चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो । हत्या गरिएको अवस्थामा घरभित्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सन्तकुमारको जेठ ११ गते विवाह हुन लागेको थियो । तर विवाह हुन भन्दा तीन दिन अगाडि उनको हत्या भएको हो । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्