Logo
Logo
सत्तारुढ गठबन्धनको बैठक

नीति तथा कार्यक्रमबारे छलफल, निर्वाचनको समीक्षा भएन



फाइल फाेटाे

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नीति तथा कार्यक्रम संसदमा पेस भएपछि मात्र स्थानीय तह निर्वाचनको परिणामबारे समीक्षा गर्ने भएको छ ।

स्थानीय तहको निर्वाचपछि पहिलो पल्ट आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसेको थियो ।

बैठकमा आगामी नीति तथा कार्यक्रमबारे छलफल गरेका सत्तारुढ दलका नेताले सम्पूर्ण विवरण सार्वजनिक भएपछि मात्र निर्वाचनको समीक्षा गर्ने सहमति भएको हो ।

सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारको नीति तथा कार्यक्रममा छुट्न नहुने विषयहरु समेट्न सुझाव दिएका छन् ।

छलफलका क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताका समस्या सम्बोधन हुने विषय समेटेर नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।

सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम पेश गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्