Logo
Logo

फेरि अन्योलमा लाइसेन्स आवेदन खोल्ने मिति



काठमाडौं । नयाँ सवारी अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुल्नेबारे फेरि अन्योल भएको छ । पुरानो लाइसेन्स वैशाख मसान्तभित्र वितरण सकेर जेठ पहिलो साताबाट नयाँ आवेदन खोल्ने दाबी गर्दै आएको यातायात व्यवस्था विभागले समय फेरि जेठ दोस्रो साता ताेकेकाे छ ।

तर विभागले भनेझैं फेरि तोकिएको समयमा लाइसेन्सका लागि आवेदन खुल्ने अवस्था छैन । पटकपटक लाइसेन्सका लागि नयाँ आवेदन खोल्ने विषयमा विभागले मिति ढाँट्दै आएको छ ।

पुरानो लाइसेन्स वितरण गरी नसकिएकाले नयाँका लागि अनलाइन आवेदन खोलिएको छैन । चैतदेखि अनलाइन आवेदन बन्द हुँदा नयाँ सेवाग्राही अवसरबाट वञ्चित छन् । विभागले सुरुमा जेठ १ बाट नयाँ आवेदन खोल्ने जनाएको थियो । पछि फेरि निर्वाचनलाई कारण देखाउँदै जेठ ४ मा पुर्यायाे ।

अहिले जेठ १५ भित्र अनलाइन आवेदन खोल्ने विभागको दाबी छ । जेठ पहिलो साता भनिए पनि प्राविधिक समस्याले गर्दा त्यो समयमा हुन नसकेको यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए । कान्तिपुरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्