Logo
Logo

हेटौंडाकी मेयर मीना लामाकाे पहिलो निर्णय : विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा


3.5k
Shares

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नगरभित्रका अति विपन्न १५ सय ४१ परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेकी छन् ।

सोमबार पदभार ग्रहणपछि मेयर लामाले स्वास्थ्य बीमासहितका विभिन्न पाँचवटा निर्णय गरेकी हुन् । जसमा विपन्न १५ सय ४१ घरपरिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलव्ध गराउने रहेको छ ।

त्यस्तै, आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट बन्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रबृत्ति कार्यक्रम संचालन गर्ने, सडक विस्तारका क्रममा सडकको बीच भागमा परेका विद्युतका पोल हटाई छेउ किनारामा स्थापना गर्ने निर्णय पनि गरेकी छन् ।

साथै, महिला जागरण समूहमार्फत लैंगिक हिंसाविरुद्धका अभियान सञ्चालन गर्दै पीडित र प्रभावित महिला तथा बालबालिकालाई अल्पकालिन आश्रयस्थलमार्फत प्रभावकारी रुपमा पुर्नस्थापना कार्यहरु संचालन गर्ने पनि उनले निर्णय गरेको हेटौंडा उपमहानगरपालिकाको कार्यालय जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्