काठमाडौं । स्थानीय तहको निर्वाचनमा धेरै ठूलो सफलता हाँसिल गरेको नेपाली कांग्रेसले जनाएको छ ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिँदै कांग्रेसले धेरै ठूलो सफलता हाँसिल गरेको जानकारी दिइएको हो ।
सोमबार पार्टी कार्यलय सानेपामा पत्रकार सम्मेलन गरेर समग्रमा निर्वाचन सन्तोषजनक भएको प्रवक्त प्रकाशशरण महतले जानकारी दिए । गठबन्धनका अन्य दलले पनि उल्लेखिय सफतला प्रप्त गरेको उनले बताए ।
‘गठबन्धन सफल हुँदैन भनेर जसरी प्रचार र आशंका सिर्जना भएको थियो । त्यसलाई चिरेर एउटा विश्वासको वातावरण बनेर मित्रवत प्रतिस्पर्धा पनि गरियो,’ उनले भने, ‘ एक्लै लडेको ठाउँमा पनि राम्रो नतिजा हासिल गरेका छौं । गठबन्धन दलसमेतको ठूलो अग्रता कायम गर्न सफल भएका छौं ।’














