Logo
Logo

मनोज पाण्डेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति


1.1k
Shares

काठमाडौं । सौन्दर्य प्रतियोगिताको नामम बलात्कारको आरोप लगोका मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीलाई अनुमति दिएको हो ।

पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतले अनुमति दिएको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो । उनीमाथि सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोप लागेको छ ।

पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएका छन् । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयानसमेत दिइसकेका छन् ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपरा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौंको एभरेष्ट होटलमा आफुलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्