Logo
Logo

रोटरीमा पनि ३० प्रतिशत महिला अनिवार्य



काठमाडौं । रोटरी क्लबको ‘डिस्ट्रिक ट्रेनिङ एसेम्वली’ ठूलो उत्साहका साथ डिएभी स्कुल ललितपुरमा गत शनिबार सम्पन्न भयो । उक्त कार्यक्रममा देशभरिबाट सात सयभन्दा बढी रोटरियनहरुको सहभागिता थियो ।

आरआरएफसी वासुदेव गोल्यानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त एसेम्वलीको उद्घाटन गर्दै गोल्यानले क्लबको शक्ति भनेकै सदस्यहरुको सक्रियता भएकोले विभिन्न पेशा, व्यवसायमा आवद्ध व्यक्तिहरुलाई क्लबमा आकर्षित गर्नुपर्ने बताउनुभयो ।

प्रमुख अतिथि गोल्यानले महिला लिडरसीपलाई प्रोत्साहन गर्न अबदेखि हरेक क्लबले सदस्य संख्याको ३० प्रतिशत महिलालाई प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिनुभयो ।

पिडीजी तथा नेपाल सरकारका पूर्वमुख्यसचिव तीर्थमान शाक्यले रोटरी क्लबले शिक्षा, स्वास्थ्य, वातावरणका साथै स्वच्छ पिउने पानीलगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको बताउनुभयो ।

पिडिजी शाक्यले हरेक क्लबले आफ्नो क्षेत्रको एउटा सामुदायिक विद्यालयलाई ‘ह्याप्पी स्कुल’का रुपमा नमूना स्कुल बनाउन रोटरियनहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘स्कुल भर्ना भएर पनि आफ्नो पढाईलाई निरन्तरता दिन नसक्नुको कारण के हो ?

त्यो खोज्नुप¥यो भन्दै शाक्यले हरेक स्कुलमा सफा छात्र, छात्रा र अपांगतामैत्री शौचालय हुनुपर्नेमा जोड दिनुभयो । साथै, स्वच्छ पिउने पानीको व्यवस्था पनि गर्नुप¥यो भन्ने कुरामा रोटरियनहरुको ध्यान आकर्षण गर्नुभयो ।

शाक्यले असल नागरिकको सुरुवात प्राथमिक विद्यालयबाट हुने भएकोले स्कुलको वातावरण स्वच्छ, शान्त र प्रविधिमैत्री हुनुपर्ने कुरामा जोड दिनुभयो । डिस्ट्रिक ट्रेनिङ एसम्वलीका अर्का वक्ता पिडिजी जया शाहले रोटरी क्लबमा महिलाहरुको उत्साहजनक सहभागिता नै रोटरीको गौरव भएको बताउनुभयो ।

पुरुषको तुलनामा महिलाहरुको जीवन कष्टकर भएकोले रोटरीमा महिला सहभागिता जति हुनुपर्ने हो, त्यो हुन नसकेको यथार्थलाई आत्मसात गर्दै हरेक रोटरीयनहरुले आ–आफ्नो श्रीमती, छोराछोरीहरुलाई पनि रोटरीसँग क्रमशः जोड्दै जानुपर्ने कुरामा जोड दिनुभयो ।

डिस्ट्रिक ट्रेनिङ एसम्वलीको उद्घाटन सत्रका अध्यक्ष पृथ्वी वैद्य, पिडिजी दिलेन्द्रराज श्रेष्ठले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । उक्त कार्यक्रममा डिजीई जितेन्द्रराज राजभण्डारीले स्थापनाकालदेखि नै रोटरी डिष्ट्रिक ३२९२ले नेपालमा धेरै राम्रो काम गरेको उल्लेख गर्दै अब आउने वर्षमा पनि राम्रोभन्दा राम्रो काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

डिजिई राजभण्डारीले रोटरीको लक्ष्य र उद्देश्य पूरा गर्न देशभरिका क्लबहरुको सक्रियता आवश्यक पर्छ । ‘टिमवर्क’ नै सबैभन्दा ठूलो कुरा हो । त्यसमाथि नयाँ सदस्य थप्ने कुरा हाम्रो लागि चुनौती बनेको छ । यस वर्ष हामीले नयाँ सदस्यता थप्न जोड दिन्छौं भन्दै क्लबका पदाधिकारीहरु र हरेक क्लबका सदस्यमा ३० प्रतिशत महिला पु¥याउने लक्ष्य लिएको बताउनुभयो ।

‘डिस्ट्रिक ट्रेनिङ एसेम्वली’ मा क्लबका प्रिसिडेन्टहरुलाई ‘पब्लिक स्पिकिङ’ विषयमा दिलेन्द्रराज श्रेष्ठ, जयन्द्र रिमाल र राजेन्द्र लम्सालले प्रशिक्षण दिनुभएको थियो भने, क्लबका सेक्रेटरीहरुलाई आफ्नो कामको जिम्मेवारीका विषयमा प्रभात योञ्जन र सुवास सिग्देलले प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी कोषाध्यक्षहरुको भूमिका र जिम्मेवारीका विषयमा कुमुद त्रिपाठी र कुमार गिरीले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा डा. ध्रुव आचार्यले मेम्बरसीप चियरहरुलाई र रवि बराल, एमके झा र मिनु कुँवर श्रेष्ठले पब्लिक रिलेशन चियरहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी सर्विस चियरहरुलाई विनोद कोइराला र सजेन्ट एट आम्सका चियरहरुलाई शरद न्यौपानेले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा विभिन्न समूहबाट प्रतिनिधित्व गर्दै हरिओमध्वज जोशी, तुला कँडेल, खुशलेन्द्र दास, पवनकुमार खनाल, कृष्ण पाण्डे, अनिता अधिकारी र कुमार गिरीले आ–आफ्नो धारणा राख्नुभएको थियो । समापन कार्यक्रमलाई डिजीएनडी राजेन्द्रमान शेरचन, डिजीएन राजेन्द्र ध्वजु र विनोद कोइरालाले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्