Logo
Logo

आरजुसँग चीन त्रसित



काठमाडौं । छिमेकी मुलुक चीन नेपालसँग फेरि बिच्किएको छ । हालै नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्रीको भ्रमणले चीन नेपालसँग असन्तुष्ट बनेको स्रोतले बताएको छ ।

तीन दिने नेपाल भ्रमणमा आएर आइतबार फर्किएकी अमेरिकाकी मानव अधिकार, लोकतन्त्र तथा तिब्बती मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जिया नेपाल सरकारको अनुमतिबिना नै तिब्बती शरणार्थी क्याम्पको भ्रमणमा गएकी थिइन् । उनले नेपालमा रहेका तिब्बती शरणार्थीलाई आफुविरुद्ध उकास्न खोजेको र त्यसमा नेपाल सरकारले हस्तक्षेप नगरेको चीनको आशंका छ ।

जियाले जावलाखेल, स्वयम्भूस्थित शरणार्थी शिविरको अवलोकन भ्रमण गरेर शरणार्थीहरुका समस्या सुनेकी थिइन् । उनले नेपाल सरकारलाई सबै शरणार्थीलाई परिचयपत्र दिन तथा उनीहरुलाई अन्य देश जान दिन लबिइङ गरेकी छिन् ।

भारतमा दलाई लामालाई भेटेर आएकी उनको एकमात्र उदेश्य नेपालमा तिब्बती शरणार्थी मामिला थियो । जबकी नेपालमा चीनको सबैभन्दा ठूलो चासो यही रहँदै आएको छ । नेपालको भूमी चीनविरुद्ध प्रयोग हुन नदिन उसले आग्रह गर्दै आएको छ ।

नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्रीदेखि मुख्यसचिवसम्म भेटवार्ता गरिन् । सबै भेटमा उनकै एउटै चासो तिब्बती शरणार्थीका अधिकारसम्बन्धि थियो ।

त्यसका लागि अनौपचारिक भेटवार्ताहरु समेत भएको स्रोत बताउँछ । उनले प्रधानमन्त्री पत्नी आरजु देउवासँग छुट्टै भेट गरेको विषयलाई परराष्ट्र मन्त्रालयका अधिकारीले समेत अनौठो भनेका छन् । उपविदेमन्त्री जिया नेपाल आएकै दिन कमलादीस्थित अमेरिकी राजदूतको निवासमा दिइएको भोजमा समेत आरजु राणा उपस्थित भएकी थिइन् ।

जियासँग उनको घनिष्ठताले फ्रि तिब्बत गतिविधिलाई कतै आरजुले साथ दिन लागेको त होइन्न भन्ने आशंका चिनियाँको छ । नेपालमा एमसीसी अनुमोदन हुने र अमेरिकाले चीनविरुद्ध आक्रामक कुटनीति सुरु गर्नुलाई कतिपयले भने संयोग मात्र भन्न नहुने विश्लेषण गरेका छन् । यस्तो अवस्थामा कुटनीतिक सन्तुलन मिलाउन नेपाललाई निकै कठिन हुने विश्लेषण परराष्ट्रविदहरूको छ ।

प्रतिक्रिया दिनुहोस्