Logo

यौन दुर्व्यवहारको आरोपमा एमाले नेता पक्राउ



काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा एमाले नेता पक्राउ परेका छन् । चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा क्यम्पसका कोअर्डिनेटर समेत रहेका एमाले नेता जनार्दन अधिकार पक्राउ परेका हुन् ।

काभ्रे घर भएका अधिकारी एमाले नेता हुन् । उनी पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको मिडिया विश्लेषक पनि बनेका थिए । नेकपा एमालेको काभ्रे जिल्ला समितीले उनलाई २०७४ मा प्रदेश सभा सदस्यमा सिफारिस गरेको थियो ।

कलेजका विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । समाजिक विषय पढाउने शिक्षक समेत रहेका कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको आन्दोलनमा उत्रिएका छन् । कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् ।

उनीहरुले मंगलबार बिहान कलेज परिसरमा प्रदर्शन गरेका थिए । त्यसपछि महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्