
काठमाडौं । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ पुनर्संरचना गर्ने भएको छ ।
संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पेश गरिएको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममार्फत सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ पुनर्संरचना गर्ने घोषणा गरेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको आलोचना हुँदै आएको छ । त्यसैले पुनःसंरचना गर्न लागिएको हो ।











