Logo
Logo

लोकेनले विशाल र नुमालाई नचाए ‘हाक्पारे ख्याली’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असार । हङकङलाई कर्मथलो बनाएर पनि नेपाली गीतसंगीतमा क्रियाशील रहेका गायक तथा संगीतकार कमानधोज लावती लिम्बूको ‘हाक्पारे ख्याली’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ ।
‘मिम्जिरे’ नामक एल्बममा समावेश उक्त गीतको गायक तथा संगीकार दिनेश सुब्बाको आतिथ्य आतिथ्यमा हङकङमै सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा स्वर रोशा साम्सोहाङ र लावतीकै आवाज रहेको छ ।
लोकेन साँवा लिम्बूले निर्देशन गरेको भिडियोमा मोडल बिशाल सेनेहाङ र नुमा लिम्बुले अभिनय गरेका छन् । अशोक लोहोरुङ राईको संगीत रहेको उक्त गीतको भिडियोलाई हेमन तामाङले छायाँकन गरेका हुन् ।
गायक तथा संगीतकार कमनधोज लामो समयदेखि हङकङमा बस्दै आएका छन् । ‘हाक्फारे गायक’को पहिचान बनाएका गायक कमानधोजको यो पछिल्लो गीतलाई याक्थुङ स्वर समुह, पापाहाङ लाओती सयङ हङकङ र पान्थर मञ्चले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्