Logo
Logo

टेक्ससस्थित प्राथमिक विद्यालयमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ जनाको मृत्यु



काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा एक किशोरले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा १८ जना विद्यार्थी र एक शिक्षक मारिएका छन् ।

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले ह्यान्डगन प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएको बीबीसीले उल्लेख गरेको छ । १८ वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।

तस्बिर एजेन्सी

कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ । रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकारीले आफ्नी हजुरआमालाई गोली हानेको विवरणमा जनाइएको छ । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार स्थानीय अस्पतालले विद्यार्थीहरूलाई आकस्मिक सेवा उपलब्ध गराएको छ । सो घटनामा एक ६६ वर्षकी महिला र १० वर्षीया एक बालिका भने गम्भीर अवस्थामा रहेको जनाइएको छ । उक्त विद्यालयमा झन्डै ५०० बालबालिका भर्ना भएको बताइएको छ ।

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारीसले यस्ता गोलीकाण्ड नदोहोरिऊन् भनेर सुनिश्चित गर्नका लागि ‘उचित र समझदारीपूर्ण’ नीति बनाउन आह्वान गरेकी छन् ।

मंगलबारको उक्त घटनामा दुईजना प्रहरी अधिकारी घाइते भएको तर उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्