Logo
Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ग्यास सिलिण्डरसहित प्रदर्शन



धनुषा । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध स्थानीय युवाले प्रदर्शन गरेका छन् । सरकारले प्रत्येक साता पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बुधबार जनकपुरधामस्थित जानकी मन्दिरको उत्तरतर्फ बीच सडकमै मोटरसाईकल र एलपी ग्यास सिलिण्डरसहित आधा घण्टासम्म युवाले विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीय युवाको एक समूहले पाँच दलीय गठबन्धन सरकारले जनतालाई राहतभन्दा बढी आहत दिएको भन्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोटरसाईकल, ई–रिक्सा र सिलिण्डरलाई सडकमै राखेर सांकेतिक रुपमा विरोध गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा जनतालाई असर गरेकाले मूल्यवृद्धि फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने स्थानीय युवा अभियन्ता सुशील कर्णले जनाए । उनले तत्काल मूल्यवृद्धि फिर्ता नलिए सरकारविरुद्ध निरन्तर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्