Logo
Logo

कोहलपुर इलाका प्रहरीको हिरासतमा थुनुवाको मृत्यु



नेपालगञ्ज । बाँकेको प्रहरी हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेका हुन् । उनी बुधबार बिहान करिब ५ बजेतिर झुण्डिएको अवस्थामा मृत्यु भेटिएको प्रहरीले जनाएको छ ।

हिरासत कक्षबाट ट्वाइलेट गएका उनले ट्वाइलेटको भेन्टिलेलेटरमा टि–सर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको प्रहरी रिर्पोटमा उल्लेख छ ।

कुवँरलाई वैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयले हिरासतमा राखेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले घट्नालगत्तै मानव अधिकारकर्मी, जनप्रतिनिधि बसेर मुचुल्का उठाई पोष्टमार्टका लागि शव भेरी अस्पताल पठाइएको जानकारी दिए ।

घटना शंकास्पद भएको भन्दै छानबिनका लागि आफन्तहरूले दवाब दिन नेपालगञ्जमा विरोध प्रर्दशन गरेका छन् । केही दिनअघि मात्रै नेपालगञ्ज–२ घरबारी टोलका सुन्दर हरिजनको पनि रोल्पा कारागारको ट्वाइलेटमै झुण्डिएर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्