काठमाडौं । राहदानी विभाग आइतबार पनि खुल्ने भएको छ । सरकारले साप्ताहिक विदा घोषणा गरेपनि सेवाग्राहीको उच्च चापका कारण विभागले जेठ १५ देखि आइतबार पनि सेवा दिने निर्णय गरेको हो ।

विद्युतीय राहदानी सहजरुपमा उपलव्ध गराउने सरकारको नीति रहेको र राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय बढिरहेकाले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गर्न लागिएको विभागले जनाएको छ ।
१५ जेठदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
विभागको सूचनामा भनिएको छ– ‘राहदानीको लागि आवेदन दिइ सम्बन्धित दिनको मिति र समय बुकिङ गर्नुहुने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गइरहेको व्यहोरा अनुरोध छ ।’












