Logo
Logo

बागी मेयरको प्रमुख अतिथिमा कांग्रेस नेता निधि



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि जनकपुर आइपुगेका छन् । जनकपुरधाम आएका नेता निधिले विजयी भएकोमा साहलाई बधाई दिए ।

कांग्रेसबाट मागी उम्मेदवार बनेका मेयर साहले आज उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई सपथग्रहण गराउने कार्यक्रम राखेका छन् । उक्त कार्यक्रमको प्रमुख अतिथिमा निधिलाई बोलाएपछि अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका छन् ।

सत्ता गठबन्धनको भागबन्डामा मेयर जसपालाई दिएपछि साहले कांग्रेसको नगर सभापतिबाट राजीनामा दिएर चुनाव लडेका थिए । उनी निर्वाचित भएपछि पुनः कांग्रेसमा फर्किने संकेत गरेका छन् ।

बुधबार जनकपुरधाममा निकालिएको उनको विजयी जुलुसमा कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र जिल्ला सभापति योगेन्द्र पजियारसमेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्