Logo
Logo

काठमाडौंको वडा नं. १५ मा एकीकृत समाजवादीको प्यानलै विजयी



काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकाको वडामा पहिलो जित निकालेको छ । काठमाडौंका वडा नम्बर १५ मा ईश्वरमान डंगोलको प्यानलै विजयी भएको हो ।

डंगोल ०७४ को निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । महानगरका प्रवक्ता रहेका डंगोल एकीकृत समाजवादीको तर्फबाट काठमाडौं महानगरमा वडाध्यक्ष विजयी हुने पहिलो उम्मेदवार हुन् ।
डंगोलले तीन हजार चार सय ७६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीवन डंगोलले एक हजार पाँच सय ७२ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्