Logo
Logo

माइती देशमा लक्ष्मीको छमछमी (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असार । नेपाली महिलाहरुको महान चाड मानिने हरितालिका तीज आउन अझै एक महिनाभन्दा बढी बा“की छ । तर, गायक/गायिकालाई भने तीज लागिसकेको छ । उनीहरुले अहिले तीजका लागि बनाएको गीतसंगीत धमाधम सार्वजनिक गर्न थालेका छन् ।
यसैक्रममा प्रत्येक बर्ष फरक–फरक खालका तीज गीत सार्वजनिक गर्दै आएकी गायिका तथा मोडल लक्ष्मी आचार्यले यस वर्ष ‘फुंगालेर माइती देश’ बोलको नया“ तीज गीत सार्वजनिक गरेकी छन् ।
लोकशैलीमा तयार गरिएको उक्त तीज गीतमा उनले घरको कामकाज र तीजमा महिलालाई हुने उत्साहका बिषयलाई समेटेकी छन् ।
बिष्णु न्यौपानेको शब्द तथा संगीत रहेको गीतमाथि आकर्षक म्युजिक भिडियो तयार गरिएको छ । थुप्रै कोरस कलाकार प्रयोग गरिएको भिडियोमा गायिका आचार्यकै अभिनय देख्न सकिन्छ ।
करण चैसिरको छाया“कन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् । पुरानो शैलीको गाउ“को घरको लोकेसनमा खिचिएको भिडियोले गीतलाई सि“गार्ने काम गरेको छ । यस गीतबाट गायिका आचार्य आशावादी छिन् ।

प्रतिक्रिया दिनुहोस्