Logo
Logo

बन्ने भने, तर अधिकांश पुरानै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असार । नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु–२’  निर्माण हुने भएको छ । उक्त फिल्मको मंगलबार गोर्खास्थित मनकामना मन्दिरमा शुभमुहुर्त गरिएको छ । फिल्ममा पुरानै जोडी पल शाह र पुजा शर्मा मुख्य भूमिकामा देखिने भएका छन् ।
शुभमुर्हुत शर्ट दिन यस फिल्मका पूजा र पल हेलिकप्टर चढेर मनकामना पुगेका थिए । उनीहरुले मनकामना पुगेर मनोकामना मन्दिरमा पूजाआज्ञा गरि फिल्मको मुहुर्त गरेका छन् ।
यो फिल्म सफल फिल्म ‘प्रेम गीत’को एउटा गीतको टाइटलबाट प्रभावित ‘म यस्तो गीत गाउँछु–२’को सिक्वेल हो । यस फिल्मलाई निर्देशक सुदर्शन थापाले नै निर्माण गर्ने भएका छन् । अघिल्लो अर्थात पहिलो संस्करणमा पनि थापाकै निर्माण थियो ।
यस्तै पल र पुजाबीच सम्बन्धमा चिसोपना आएको चर्चा चलिरहेका बेला उनीहरु एकसाथ देखिने भएको हुन् । यो फिल्म आगामी १३ फागुनबाट प्रदर्शनमा आउने निर्माणपक्षले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्