Logo
Logo

जीवनराम श्रेष्ठको वडामा एकीकृत समाजवादीको प्यानलै विजयी



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठको गृहवडा काठमाडौं महानगरपालिकाको वडा नम्बर १५ मा नेकपा एकीकृत समाजवादीको प्यानलै विजयी भएको छ ।

आज सम्पन्न वडा नम्बर १५ को मतगणनाको परिणामअनुसार वडा अध्यक्षका उम्मेदवार ईश्वरमान डंगोल नेतृत्वको प्यानल नै विजयी भएको हो ।

डंगोल ३ हजार ४ सय ७६ मत प्राप्त गर्दै विजयी भएका हुन् । ईश्वरमानका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीवन डंगोल भने १ हजार ५ सय ७२ मत प्राप्त गर्दै पराजित भए ।

डंगोलसहित रीता मिजार दलित महिला सदस्य, अवसरा केसी महिला सदस्य र विजु श्रेष्ठ वडा सदस्य निर्वाचित भएका छन् ।
काठमाडौं महानगरका अरु कुनै पनि वडामा नेकपा एकीकृत समाजवादीका कुनै पनि उम्मदेवर विजयी भएका छैनन् । सचिव जीवनरामले भने आफ्नो वडामा प्यानलै विजयी गराएर काठमाडौंमा एकीकृत समाजवादीको तर्फबाट जनप्रतिनिधि चुनेका छन् ।

वडा अध्यक्ष निर्वाचित डंगोल ०७४ को निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । महानगरका प्रवक्ता भएर काम गरेका डंगोल पार्टी विभाजन भएसँगै एकीकृत समाजवादीमा लागेका थिए । यसपटक पनि एकीकृत समाजवादीबाट पुनः वडा अध्यक्षकै उम्मेदवार भएर विजयी भएका हुन् ।

डंगोल नेतृत्वको प्यानलै विजयी भएपछिका तस्बिरहरु-

प्रतिक्रिया दिनुहोस्