Logo
Logo

बसले ठक्कर दिँदा मृत्यु


- दृष्टि न्युज/संवाददाता


मेलम्ची, २५ असार । जन्ती लिन हिँडेको बसले ठक्कर दिँदा एकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ चनौटेमा बा ३ ख ११७ नंको बस पछाडि हटाउने क्रममा बसमा ठोक्किएर आज बुधबार एक महिलाको ज्यान गएको हो ।
मानसिक सन्तुलन गुमाएकी अन्दाजी ३५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न खुल्न सकेको छैन । बस चालक र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्