Logo
Logo

सोल्टीमोडमा निःशुल्क स्वास्थ्य शिविर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असार । नमो हारती ऋण तथा बचत सहकारी संस्था सोल्टीमोड, कालिमाटीले हरेक शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म निःशुल्क स्वास्थ्य परिक्षण सेवा सञ्चालन गर्दै आएको छ । सोल्टीमोडस्थित सहकारी भवनको पेटीमा सुरु भएको निःशुल्क स्वास्थ्य परीक्षण सेवाबाट बाटो हिँड्ने बटुवा लाभाम्वित भएका छन् ।
स्वास्थ्यसम्बन्धी जनचेतना तथा जागरण गर्न र गरिब परिवारलाई रोगसम्बन्धी चेतना जगाउन सहकारीले हरेक शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सहकारीका अध्यक्ष सरोज श्रेष्ठले दृष्टिन्युज अनलाइनलाई बताए । स्वास्थ्य परीक्षण अकु लाइभ, प्रेसर र सुगरको परीक्षाण गरिन्छ ।
दुई वर्षदेखि नियमितरुपमा सञ्चालन हुँदै आएको उक्त शिविरबाट विपन्न वर्गका बटुवा लाभाम्वित भएका छन् । उक्त स्वास्थ्य परीक्षण ज्योति अस्पतालसँगको सहकार्यमा गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
दुई वर्षको अवधिमा उक्त शिविरबाट चार हजारले ब्लड प्रेसर, तीन हजारले सुगर र २५ सय जनाले अकु लाइभको परीक्षण गरेका छन् । उक्त सहकारीले हरेक वर्ष रोटरी क्लव अफ काठमाडौं वेस्टसँग सहकार्यमा रक्तदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्