Logo
Logo

प्रहरी परिसरमा छवि र शिल्पा : आखिर विवाद के हो ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असार । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको आन्तरिक विवाद प्रहरीमा पुगेको छ । छविको कान्छी पत्नीका रुपमा चिनिएकी शिल्पाले घरेलु हिंसाको विषयमा महानगरीय प्रहरी परिसर टेकुमा घरेलु हिंसाको उजुरी दिएपपिछि उनीहरुको आन्तरिक विवाद बाहिर आएको हो ।
दुई दिनअघि नै शिल्पाले प्रहरी परिसरमा आफ्नो निर्मता पतिविरुद्ध उजुरी दिएको भएपनि उनीहरुलाई बुधबार (आज) मात्र छलफलका लागि परिसर बोलाएको महानगरीय प्रहरी परिसर प्रमुख होविन्द्र बोगटीले जनाएका छन् ।
अभिनेत्री रेखा थापासँग सम्बन्धबिच्छेद गरेपछि निर्माता ओझाले मोडल शिल्पालाई अँगालेका हुन् । मोडलिङमा रमाउँदै आएकी शिल्पालाई फिल्म ‘लज्जा’मार्फत निर्माता ओझाले हिरोइन बनाएका थिए । त्यसपछि उनीहरुको सम्बन्ध बाक्लिएको हो ।
हरेक कार्यक्रममा सँगै देखिन थालेपछि ओझा र शिल्पाबीच प्रेम रोमान्सको हल्ला चलिरहेकै बेला करिब दुई वर्ष अगाडि उनीहरुले एक मन्दिरमा औपचारिक रुपमा विवाह गरेका थिए । तर, बिवाहपश्चात पनि उनीहरुले मिडियामा लामो समय आफूहरुको सम्बन्धलाई खुलाउन चाहेका थिएनन् ।
उमेरले निकै अन्तर यी सेलिब्रेटी जोडी केही समययता अलग अलग बस्दै आएका आएका थिए । स्रोतका अनुसार शिल्पा ओझासँग सम्बन्धविच्छेद गर्न चाहन्छिन् । तर, ओझाले शिल्पासँगको चिसोपनालाई ‘घरायसी खटपट’का रुपमा मात्र लिएको उनी निकटका एक फिल्मकर्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्