Logo
Logo

परदेशी हुनुको पीडामा रुकमान…! (हेर्नुस् भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असार । गायक तथा मोडल रुकमान लिम्बू परदेश त गएका छन् । तर, प्रदेशी चाहीँ बनेका छैनन् । स्वदेशमा गीतसंगीत व्यस्त उनले सांगीतिक कार्यक्रममा सिलसिलामा हङकङ, इजरायललगायतका मुलुकमा पुगेर परदेशको अुनभव सँगालेका छन् । तर, भिडियोमा भने रुकमानले परदेशी हुनुको पीडा पोखेका छन् ।
‘कसलाई मन थियो परदेशी जान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा रुकमानले अभिनय गरेका छन् । परदेश (हङकङ)मा बस्दै आएका गायक कमानधोज लावतीद्वारा स्वरबद्ध ‘कसलाई मन थियो परदेश जान’मा परदेशी हुनुको पीडा समेटिएको छ । उक्त पीडालाई अभिनयमार्फत रुकमानले दर्शकमाझ प्रस्तुत गरेका छन् ।
सुसन साम्सोहाङको शब्दरचना रचना र संगीतमा तयार भएको उक्त गीतनको भिडियोमा रुकमानसँग पूर्णिमाले अभिनय गरेका छन् । भिडियोमा बरिष्ठ गायिका कविता आलेलाई पनि देख्न सकिन्छ ।
बुद्ध थापाको छायाँकन, विकास दाहालको सम्पादन र युवराज वाइवाको निर्देशनमा बनेको यस भिडियोलाई हङकङमा यसै साता एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्