काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब ४२ करोड राजश्व संकलन हुने अनुमान गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले यस्तो जानकारी दिएका हुन् ।
उनले यो राजश्व संकलन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बृद्धि हुने उल्लेख गरे।














