काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । उनले उक्त आयोजनालाई लगानी अभाव हुन नदिने गरी बजेट विनियोजन गरेको बताए ।
आगामी वर्षका लागि सेनाले ५२ अर्ब बजेट मागेको थियो ।














