Logo
Logo

नुवाकोट सेवा समाज दोहा कतारमा नयाँ नेतृत्व



दोहा । नुवाकोट सेवा समाज, दोहा कतारको सातौं अधिवेशनले दीपेन्द्र घले लामाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
दोहास्थित ह्वाइट हाउस प्लाजामा ३ जुन २०२२ मा सम्पन्न अधिवेशनले दीपेन्द्रको नेतृत्वमा समिति चयन गरेको हो ।

अधिवेशनमार्फत हिरे तामाङ वरिष्ठ उपाध्यक्ष, नन्दराम सुवेदी र दिनेशराज अधिकारी उपाध्यक्ष तथा मीना कुमारी तामाङ महिला उपाध्यक्ष निर्वाचित भएका छन् ।

त्यसैगरी, विकास तामाङ महासचिव, पुर्णमान तामाङ र गजेन्द्र चालिसे सचिव तथा राधिका घले अधिकारी महिला सचिव निर्वचित भएका छन् । त्यस्तै, हरिराम रिमाल कोषाध्यक्ष र डा घले सहकोषाध्यक्ष निर्वाचित भएका छन् ।

अधिवेशनमार्फत मीरा तामाङ, विवाराम तामाङ, शम्भु जम्कटेल, सन्तबहादुर तामाङ, वीरबहादुर तामाङ, मानबहादुर तामाङ, उज्ज्वल अधिकारी, सुरेश वाईबा, नवीन पुलामी मगर, सन्दीप वाईबा तामाङ, फूलबहादुर तामाङ सदस्य निर्वाचित भएका छन् ।
अधिवेशनले तीन सदस्य मनोनित गर्नेगरी २५ सदस्यीय समिति चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्