Logo
Logo

बर्दिया घटनामा आदेशबिनै गोली चलाइएको छ, दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री


5k
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएपछि त्यस घटनाको छानबिन गरेर दोषीलाई कारबाही गरिने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद बिमला विकले घटनाको बारेमा गृहमन्त्रीको जवाफ मागेपछि गृहमन्त्री खाणले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘भीड उत्तेजित भएपछि नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर नविना चौधरीको निधन भएको छ,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको धारणा छ। नागरिकको यस्तो भीड, आन्दोलनमा गोली चलाउने कुनै आदेश नै छैन। सम्झाइ बुझाइ गर्ने, सर्वपक्षीय वा सर्वदलीय छलफल गरेर कमभन्दा कम शक्ति प्रयोग गर्ने भन्ने नीति नै छ।’

गोली चलाउने आदेश नदिइ गोली चलाइएको घटनाको छानबिन हुने उनले बताए । ‘घटनाको छानबिन गर्न सहसचिव हरि घिमिरेको संयोजकत्वमा छानबिन समिति बनाइएको छ। समितिले दिएको रिपोर्ट अनुसार गल्ती कमजोरी गर्नेलाई गल्ती अनुसार कारबाही गरिनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्