Logo
Logo

बञ्चरेडाँडामा प्रहरी र स्थानीयबीच झडप


3.2k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर फल्ने क्रममा नुवाकोटको बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ । बधुबार पनि स्थानीयले फाहोर फाल्न अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।

मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर, बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन गरिएको छ ।

स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको प्रहरीले जनाएको छ । स्थानीयहरू बाटोमा ढुंगामुढा तेस्र्याएर डाँडामाथि उक्लिएका छन् ।

सोमबार सहरी मन्त्रालय र काठमाडौं महानगर, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएको थियो । मंगलबारदेखि काठमाडौं उपत्यको फोहोर उठेपनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्