Logo
Logo

नारायणगढ–मुग्लिन सडक अवरुद्ध



फाइल फोटो ।

काठमाडौं । वर्षासँगै खसेको पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि गए रातिदेखि सडक अवरुद्ध भएको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

अहिले पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको छ । मुग्लिन–नौबिसे सडकमा पनि पहिरो खसेको छ ।
इच्छाकामना–४ स्थित नाग्दिखोलामा पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले बताए ।

सडक अवरुद्ध भएछि दर्जनौं सवारी र सयौं यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्