काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौती गरेर एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको आजको बैठकको कार्यसूचीमा यज्ञराज सुनुवारले शिक्षा मन्त्रालयको, सूर्यप्रसाद पाठकले खानेपानी मन्त्रालयको, भीम रावलले अर्थ मन्त्रालयको र नवराज सिलवालले रक्षा मन्त्रालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।
बैठकमा सत्तागठबन्धनकै एक घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य दुगौ पौडेलले र नेमकिपाका प्रेम सुवालले पनि यी चार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्ने उल्लेख छ ।














