
काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले नागरिकता विधेयक तत्काल अघि बढाउन माग गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रतिनिधि सभामा विचराधीन विधेयक अघि बढाउन माग गरेका हुन् ।
नागरिकताविहीन भएका व्यक्तिलाई नागरिकता दिन ढिलाई भएको उनको भनाई थियो । यस्तै उनले धान बालीमा पुगेको क्षतिपुर्ति अबिलम्व दिन पनि माग पनि गरे ।














