Logo
Logo

अटो मेकानिक्स व्यवसायी महासंघको कार्यालय शिलान्यास



बुटवल । नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ केन्द्रीय कार्याल काठमाडौं मुकाम बुटवलको भवन शिलान्यास गरिएको छ ।

भवन शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले मैनावगरमा अटो ईन्जिनियर कलेज स्थापना गर्नुपर्नेमा जोड दिँदै अटो व्यवसायी सीप र शिक्षामा लाग्न आवस्यक रहेको चर्चा गरे ।

अटो क्षेत्रमा समय अनुसार आधुनिक नयाँ प्रविधि भित्राउन नसके व्यवसायी सफल नहुने उनको भनाइ रहेको छ । मेयर पाण्डेयले आफु लामो समयदेखि अटो क्षेत्रको बारेमा जानकारी राख्दै आएकोले यसक्षेत्रको विकासमा अटो व्यवसायी कै योजना अनुसार सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

महासंघका अध्यक्ष जनार्दन गैरेले बुटवल उपमहानगरपालिकाको सहयोगमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको केन्द्रीय भवन बुटवलमा निर्माण सुरू हुन लागेको बताए ।

नगरपालिको २५ लाख र संस्थाको २५ लाख गरि ५० लाखको लागतमा निर्माण हुने भवनका लागि हाल बुटवल उपमहानगरपालिकाले ५ लाख रूपैयाँ उपलब्ध गराएको उनले जानकारी दिए ।

कार्यक्रममा बुटवल अटो ईन्जिनियरिङ एशोसियसनका अध्यक्ष तुल्सिराम न्यौपाने, वडा नम्वर २ का वडा अध्यक्ष सुनिल शाक्य, महासचिव टिकादत्त अधिकारि लगायतले भवन निर्माण र अटो क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्