Logo
Logo

मन्त्रीभन्दा सचिव शक्तिशाली



काठमाडौं । जागिरमा प्रवेश गरेदेखि नै काठमाडौंमा कार्यरत बद्रीबहादुर खड्का स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सधंै आकर्षक स्थानमा कार्यरत कर्मचारी हुन् ।

काठमाडौंमा हुँदा जहिले तहल्का मच्चाइरहने, कम्युनिष्ट–कांग्रेस र मधेशवादी मन्त्रीलाई रिझाई आकर्षक पद लिन सफल हुँदैआएका खड्का अहिले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवमा कार्यरत छन् । उनले प्रदेशका भद्र सामाजिक विकास मन्त्री निमा लामाको सोझोपनको फाइदा उठाउँदै मन्त्रालयमा मनपरी उठन्तीका आधारमा काम गर्दैआएका छन् ।

मुकुन्द निरौला र बद्रीबहादुर खड्का

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको केही स्वार्थ पूरा गरी उनलाई विश्वासमा लिएका र प्रमुख सचिव मुकुन्द निरौलाको कार्यशैलीप्रति पूरा जानकार रही सोही किसिमको ब्यवहार गरी निकट राख्न सफल राख्न खड्काको गलत कार्यको बारेमा कोही बोल्न सकेका छैनन् । उनले मुख्यमन्त्रीलाई रिझाउनका लागि उनको गृहजिल्ला धादिङको जिल्ला अस्पतालमा आफूसँगै पढेका मधुकर दाहाललाई निमित्त प्रमुखको जिम्मेवारी दिएका छन् ।

पब्लिक हेल्थ समूहका सातौं तहका दाहाललाई जिम्मेवारी दिएपछि अन्य बरिष्ठ कर्मचारी रुष्ट भएका छन् । केही समयभित्रै अवकाश पाउन लागेका दाहाललाई सचिव खड्काले आफ्नै साथी भएकाले पुरस्कृत गरेको बताइन्छ । सातौं तहका दाहाललाई प्रमुख सचिव निरौलाले पनि निमित्त दिनका लागि लिखित सहमति दिएका छन् ।
प्रशासन अति राम्रो बुझेका, सामान्य, वन, स्वास्थ्य, श्रम मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा काम गरिसकेका प्रमुख सचिव निरौला खड्काको गलत कार्यको साक्षी कसरी बन्न पुगे ? प्रश्न उठेको छ । करिब एक बर्ष सचिवको भूमिका पूरा गरिसकेका खड्का अहिले जसरी भए पनि पुनः त्यही पदमा कायम रहन शक्तिकेन्द्र धाइरहेका छन् । त्यसका लागि उनले मुख्यमन्त्री पाण्डे र मन्त्री लामाको हदै दर्जामा उत्रिएर चाकरी गरिरहेका छन् ।

मन्त्रालयको ठेक्कामा पनि सचिव खड्काको हालिमुहाली रहेको स्रोत बताउँछ । कर्मचारी सरुवामा त्यस्तै चलखेल हुने गरेको छ । मन्त्रीलाई समेत गुमराहमा राखेर उनले मेडिकल माफियासँग मिलेर कतिपय ठेक्कामा सेटिङ मिलाउँदै आएको स्रोत बताउँछ । जसमा प्रमुख सचिव निरौलाले समेत उनलाई साथ दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्