Logo
Logo

प्रतिनिधि सभा बैठक बस्दै, बजेट आजै पारित गर्ने तयारी


315
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बहिान ११ बजे बस्दैछ ।

आज विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै २०७९/८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थ मन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै हिजो संसद् अवरोध गरेको थियो ।

आजको बैठकमा पनि अवरोध गर्ने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्