Logo
Logo

एकीकृत समाजवादीको विद्यार्थी संगठनले भन्यो– एसपीपी नेपालका लागि घातक


756
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालका लागि घातक रहेको जनाएको छ ।

यो प्रस्ताव नेपालको सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त र नेपालको परराष्ट्र नीतिको विरुद्ध रहेको अनेरास्ववियूको ठहर छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एसपीपीले नेपालको स्वतन्त्र परराष्ट्र नीति उल्लंघनका साथै नेपालको अस्तित्वमाथि नै धावा बोलेको रुपमा अनेरास्ववियूले बुझेको छ ।’

अमेरिकी सेनाले उक्त मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाव दिंदै नेपाललाई कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्न खोजेको भन्दै पराजुलीले विरोध जनाएका छन् ।

साथै एसपीपीको मस्यौदामा हस्ताक्षर नगर्न नेपाल सरकारलाई अनुरोध गर्दै यसको प्रतिवाद गर्न सबैमा अपिल गरिएको छ ।

यो अनुरोधलाई बेवास्ता गरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्