Logo
Logo

नेपाललाई जानाजान भूराजनीतिक द्वन्द्वमा धकेल्न मिल्दैन : प्रदीप ज्ञवाली


378
Shares

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले श्रृंखलाबद्ध परराष्ट्र नीतिमा विचलनका घटना भएको बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले बुधबार प्रतिनिधिसभा बैठकको सुरूमा बोल्दै नेपाललाई जानाजान भूराजनीतिक द्वन्द्वमा धकेल्न नमिल्ने बताए ।

अमेरिकासँग हुन लागेको भनिएको एसपीपी सम्झौतामाथि प्रश्न गर्दै उनले भने, ‘एसपीपीका बारेमा मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिङ्गो समाज त्रसित, आशंकित र गम्भीर भएको छ । कमसेकम यो लेभेलसम्म यो सरकार पुग्ला कसैले पनि अपेक्षा गरेको थिएन ।’

सरकारले हस्ताक्षर गर्न भनेर तयार गरेको डकुमेण्टले केही गम्भीर प्रश्न उठाएको उनले बताए । उनले भने, ‘हामी सबैका मित्र हौँ । उहाँहरूका ग्लोबल एजेण्डाका साथी बन्न सक्दैनौँ भनेर भन्न सक्दैन भने यो सरकारलाई सरकारमा बस्ने नैतिकता छैन ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000