Logo
Logo

मन्त्री आलेले भने- अब बल प्रयोग गरेर धर्मशाला खाली गछौँं


945
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत धर्मशाला बल प्रयोग गरेरै भएपनि खाली गरिने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री आलेले प्रहरी प्रशासनको सहयोगमा धर्मशाला जुनसुकै समय खाली गराइने बताए ।

धर्मशाला प्रयोग गरिरहेको आनन्द प्रालिलाई होटल खाली गर्न दिइएको म्याद सकिएको छ । उनले होटल खाली गर्न एक साताको म्याद दिएको उक्त म्याद जेठ ३१ गते नै सकिँदा समेत धर्मशाला खाली नभएको बताए । तोकिएको समयमा कम्पनीले धर्मशाला खाली नगरेको पाइएपछि अब बल प्रयोग गरेर खाली गरिने उनको भनाइ छ ।

मन्त्री आलेले भने, ‘पशुपति क्षेत्रमा रहेको नेपाल–भारत धर्मशाला करार सम्झौता गर्न बतास समूहले लगानी गरेको होटल आनन्द प्रालिले विभिन्न सर्त उल्लंघन गरेको पाइएको थियो । यस्तो पाएपछि आनन्द प्रालिसँगको सम्झौता रद्द भइसकेको छ ।’
उनले धर्मशाला खाली गराउन जेठ मसान्तसम्मको समय सकिएको भन्दै अब प्रहरी प्रशासनको सहयोगमा खाली गराइने बताए ।

प्रतिक्रिया दिनुहोस्