Logo
Logo

गण्डकीको बजेट ३५ अर्ब ९० करोड



पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेशसभाको बुधबारको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट पेस गरेका हुन् ।

अर्थमन्त्री बरालले आगामी आवको लागि बजेटको आकार बढेको बताए । उनका अनुसार चालुतर्फ १३ अर्ब २६ करोड र पुँजीगततर्फ २२ अर्ब १४ करोड बजेट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्