Logo
Logo

सर्वाेच्चका मुख्य रजिष्ट्रारमाथि कारबाहीको तयारी


19.9k
Shares

काठमाडौं । न्याय परिषद्को निर्णयलाई चुनौती दिने सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरमाथि कारबाहीको तयारी भएको छ ।

कुँवरलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएकोमा मुख्य न्यायाधीश नबनाइएको भन्दै उनी जिम्मेवारीमा गएका छैनन् । एक महिना लामो विदा बसेर उनी सर्वाेच्चमै हाजिर गर्न जाने गरेका छन् ।

विगतमा सर्वाेच्चको बेथितीमा उनी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सहयोगी बनेका थिए । चोलेन्द्रमाथि महाअभियोग लागेसँगै उनका सहयोगीमाथि समेत छानबिन भइरहेको छ ।

त्यही क्रममा उनीमाथि कारबाहीको माग सर्वाेच्चका कर्मचारीले गरेका थिए । तर, उनलाई न्यायाधीश बनाइयो । त्यो नियुक्तिलाई उनले चुनौती दिएका छन् ।

सर्वाेच्च अदालत र भक्तपुर जिल्ला अदालतको भवन निर्माणको अनियमिततामा संलग्नमध्ये मुख्य व्यक्ति कुँवर समेत भएको स्रोत बताउँछ ।

भक्तपुर जिल्ला अदालतको ठेक्काको मूल्याङकनमा उनै कुँवरले सर्वाेच्चबाटै कमिटी बनाएका थिए । अझै पनि जिम्मेवारीमा नगएर न्यायालयमा बेथिती बढाउन सक्रिय भए उनीमाथि कारबाहीको तयारी भइरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्