
काठमाडौँ । अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे संसदीय समितिमा छलफल हुँदै छ ।
संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बिहान ९ बजे सुरु भएको छलफलमा परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले जवाफ दिने कार्यक्रम छ ।
समितिले परराष्ट्रमन्त्री र प्रधानसेनापतिसहित परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई पनि छलफलमा बोलाएको छ ।
एसपीपीबारे संसदमा चर्को आवाज उठेको थियो ।














