Logo
Logo

मन्त्रिपरिषद्‌ बैठक १७ दिनदेखि अनिश्चित


441
Shares

काठमाडौं । गएको १७ दिनदेखि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । सामान्यतया साताको एक वा दुईपटक बस्दै आएको मन्त्रिपरिषद् बैठक यसपटक लामो समयदेखि नबसेको हो ।

प्रधानमन्त्री बालेन शाहले यसअघि हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक राख्दै आएका थिए । तर, यसपटक झण्डै तीन साता बित्न लाग्दासमेत बैठक नबोलाएका हुन् ।

दसैँअघि गएको असोज ३० गतेपछि अहिलेसम्म मन्त्रिपरिषद् बैठक बसेको छैन । यस वर्षको दसैँ बिदा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म थियो । यस वर्षको तिहार बिदा कात्तिक २१ गतेदेखि सुरु हुँदैछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000