
काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धि विषयको च्याप्टर क्लोज भइसकेको बताएका छन् ।
शुक्रबार बिहान संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा मन्त्री खड्काले उक्त सम्झौता अब अगाडि नबढ्ने बताएका हुन् ।
‘स्टेट पाट्नर सीप पोग्राम नेपाललाई स्वीकार्य छैन । यो अगाडि बढ्दैन,’ समितिको बैठकमा बोल्दै उनले भने, ‘यो नेपालको हीतमा छैन । हिजो गृहमन्त्रीले पनि भनिसक्नुभएको छ । नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन ।’
एसपीपीलाई धेरै उचाल्न आवश्यक नभएको उनको भनाइ थियो ।














