
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
बिहान एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकालाई भनिसकेको बताए ।
अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको भएपछि त्यो सैन्य गठबन्धनका लागि नलेखिएको उनको भनाइ थियो ।
‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । तर सैन्य अलाएन्स लेखिएको छैन ।’ भूकम्पका बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको उनले जानकारी दिए ।














