Logo
Logo

यस्तो छ एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा जारी २० बुँदे संकल्प


693
Shares

काठमाडौं । नेकपा एमालेको पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले २० बुँदे काठमाडौं संकल्प पत्र जारी गरेका छन् ।
बिहीबारदेखि काठमाडौंमा सुरु भएको दुई दिने प्रशिक्षण कार्यक्रमबाट उनीहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन् ।

संकल्प पत्रमा ‘आफुहरु शासक होइन, जनताको सेवक बन्ने, आफुहरुको नेतृत्वमा रहेका पालिकाहरुमा सुशासनका नमूना बनाउने, सदाचारमा नमूना बन्ने, कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका बुँदाहरु रहेका छन् ।

साथै, सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढंगले र सार्वजनिक हितमा प्रयोग गरिने समेत संकल्प पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्