Logo
Logo

पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध


945
Shares

काठमाडौं । बेँसीसहर–चामे सडक पहिरोका कारण पुनः अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा अवरुद्ध भएको हो ।

खरखरे भीरमा ठुला–ठुला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएपछि यात्रु बिहानदेखि नै अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीका अनुसार त्यहाँ हल्का पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने गरेको छ । १०/१५ मिटर सडक नै अवरुद्ध भएको रेग्मीले बताए ।

बेँसीसहर–चामे सडक योजना लमजुङको स्काभेटरले खुलाउने प्रयास गरे पनि कति समय लाग्ने यकिन नभएको बताइएको छ । बेँसीसहर–चामे सडक लमजुङ र मनाङ जोड्ने एकमात्र सडक हो ।

प्रतिक्रिया दिनुहोस्